Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संविधान दिवसमा एमालेको राष्ट्रिय झण्डासँग सेल्फी

काठमाडौं । नेकपा एमालेले संविधान दिवसका अवसरमा विशेष कार्यक्रमको आयोजना गरेको छ।

काठमाडौं नक्सालको नारायण चौरमा एमालेले राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम गरेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार नै एक भिडिओ सन्देशमार्फत राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रमको बारेमा जानकारी दिएका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरूले सेल्फी खिचाएका छन् ।

नारायण चौर क्षेत्रमा वरिपरि नेपालको झण्डा गाडिनुका साथै, ठूलो आकारमा नेपालको चुच्चे नक्सा पनि राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077