Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एसियाड पुरुष भलिबलमा आज इरानसँग खेल्दै नेपाल

काठमाडौं । एसियाली खेलकुदको १९ औं संस्करणमा नेपाली राष्ट्रिय पुरुष भलिबल टोली आफ्नो दोस्रो खेल इरानसँग खेल्दैछ ।

मंगलबार चीनको हान्झाउमा सुरु भएको पुरुष भलिबलमा नेपालले आज एसियाकै बलियो टोली इरानसँग खेल्न लागेको हो ।

पछिल्लो दुई संस्करणको एसियाडमा स्वर्ण जितेको इरानसँग खेल्नु नेपालको लागि ठूलो अवसर हुनेछ ।

समूह बी अन्तर्गत मंगलबार भएको पहिलो खेलमा बहराइनविरुद्ध पहिलो सेट जितेपनि त्यसपछि लय कायम राख्न नसक्दा नेपाल ३/१ को सेटमा पराजित भएको थियो ।

इरानसँग पराजित भएमा नेपाल समूह चरणबाटै बाहिरिनेछ । यसपटक पुरुष भलिबलमा वरीयता छुट्याउनका लागि कुनै खेल नहुने भएकोले समूह चरणबाट बाहिरिने टोलीहरु सीधै घर फर्कनेछ ।

सहभागी १९ टोलीलाई ६ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली अघिल्लो चरणमा प्रवेश गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077