Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विद्यालय शिक्षा सम्बन्धी विधेयकको स्थानीय तहले पनि गरे विरोध

काठमाडौं । स्थानीय तहले विद्यालय शिक्षा सम्बन्धी विधेयकको विरोध गरेका छन् ।

गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघले संयुक्त विज्ञप्तिमार्फत सरकारले संसद्‌मा पेस गरेको शिक्षा विधेयक स्थानीय तहको अधिकारविपरीत रहेको बताएका हुन् ।

महासंघका कार्यवाहक अध्यक्ष लक्ष्मणबहादुर शाही र संघका महासचिव नरुलाल चौधरीले जारी गरेको विज्ञप्तिमा संघीयता र संविधानको मर्मविपरीत विधेयक आएको विधेयक मान्य नहुने चेतावनी उल्लेख छ ।

विधेयकले स्थानीय तहको अधिकार खोसेको उनीहरूको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077