काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी नगर्न तत्कालीन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई दबाब दिइएको खुलासा गरेका छन् ।
मंगलबार पार्टी कार्यालय च्यासलमा आयोजित ‘सुवास र संविधान’ विषयक कार्यक्रममा उनले यस्तो खुलासा गरेका हुन् ।
उनले संविधान जारी नगर्न नेम्वाङ, तत्कालीन राष्ट्रपति रामवरण यादवलाई दबाब दिइएको बताए ।
“सुवास नेम्वाङजीलाई संविधान जारी नगर्नका लागि दबाब दिइएको थियो । तत्कालीन राष्ट्रपतिलाई संविधान जारी गर्न नआउनका लागि । केही अगाडि संविधान जारी गर्न आउँदिन भनेर भन्नुभयो । त्यस्तो अवस्थामा सुवास नेम्वाङजीले संविधान जारी गराउनुभयो,” अध्यक्ष ओलीले भने ।
Leave a Reply