Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीको खुलासा - नेम्वाङलाई संविधान जारी नगर्न दबाब थियो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी नगर्न तत्कालीन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई दबाब दिइएको खुलासा गरेका छन् ।

मंगलबार पार्टी कार्यालय च्यासलमा आयोजित ‘सुवास र संविधान’ विषयक कार्यक्रममा उनले यस्तो खुलासा गरेका हुन् ।

उनले संविधान जारी नगर्न नेम्वाङ, तत्कालीन राष्ट्रपति रामवरण यादवलाई दबाब दिइएको बताए ।

“सुवास नेम्वाङजीलाई संविधान जारी नगर्नका लागि दबाब दिइएको थियो । तत्कालीन राष्ट्रपतिलाई संविधान जारी गर्न नआउनका लागि । केही अगाडि संविधान जारी गर्न आउँदिन भनेर भन्नुभयो । त्यस्तो अवस्थामा सुवास नेम्वाङजीले संविधान जारी गराउनुभयो,” अध्यक्ष ओलीले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077