Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संविधान संशोधन गर्न हतार गरिहाल्नुपर्ने अवस्था छैन : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन गर्न हतारिनु पर्ने अवस्था नरहेको बताएका छन् ।

दिवंगत संविधानसभा अध्यक्ष सुवास नेम्वाङको स्मृतिमा मंगलबार पार्टी कार्यालयमा आयोजित विचार गोष्ठीमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले संविधान संशोधनका नाममा आयातित र प्रायोजित कुराहरू पनि देखिएकाले हतारिन नपर्ने धारणा राखे ।

अध्यक्ष ओलीले भने,‘२०७२ मंसिर र २०७७ जेठमा संशोधन गरिसकेका छौं। एक-एक वटा मात्रै विषयमा हामीले संशोधन गर्‍यौं । अब संविधान संशोधन गर्दा हामीले अलिकति बढी व्यापक, तत्काल चाहिएको एउटामात्रै विषय होइन, केही विषयहरू जो राम्रै छलफल गरेर संविधान संशोधन गर्नुपर्ने हुन्छ। एउटा हिसाबले बेला भएको छ कि छैन भन्ने पनि छ। एउटा हिसाबले के लाग्छ भने अहिले पनि गम्भीरताभन्दा बढी भावना, सेन्टिमेन्ट छ। त्यसकारण यसमा कुनै हतारो गरिहाल्नुपर्ने अवस्था छैन।’

उनले दुई पटक संविधान संशोधन भएको र तेस्रोपटक गर्दा एक-एक विषयमा नभई धेरै विषय समेटेर गरिनुपर्ने बताए। अध्यक्ष ओलीले दलीय भावनाभन्दा माथि उठेर नेम्वाङले संविधान जारी गर्न भूमिका खेलेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077