Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इरानको कारागारका रहेका ५ अमेरिकी बन्दी छुटे, चार्टर्ड बिमान मार्फत पुगे अमेरिका

एजेन्सी । इरानको कारागारमा रहेका पाँच जना अमेरिकी बन्दी छुटेका छन् । कतारको मध्यस्थतामा भएको वार्ता सफल भएपछि बन्दीहरु रिहा भएका हुन् । उनीहरु तेहरानबाट कतारको राजधानी दोहा हुँदै अमेरिका फर्किएका छन् ।

अमेरिकाको प्रतिबन्धपछि दक्षिण कोरीयाली बैंकमा रोकिएको इरानको झण्डै ६ अर्व अमेरिकी डलर फुकुवा गर्न अमेरिका सहमत भएपछि इरानले अमेरिकी बन्दीहरु रिहा गरेको हो ।

दक्षिण कोरियाले उक्त रकम दोहाको बैंकमा रहेको इरान सरकारको खातामा पठाएको हो । रिहा हुनेमा चार पुरुष र एक महिला रहेका छन् ।

उनीहरु चार्टर्ड बिमान मार्फत अमेरिका पुगेका छन् । अमेरिकाको कारागारमा रहेका पाँच जना इरानीलाई रिहा गर्ने सम्झौता पनि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077