Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सहश्राब्दी विकास लक्ष्य हासिल गर्न नेपाल प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसंघले आह्वान गरेको सहश्राब्दी विकास लक्ष्य हासिल गर्न नेपाल प्रतिबद्ध रहेको बताएका छन्।

संयुक्त राष्ट्रसंघको ७८औँ महासभाअन्तर्गतको ‘विश्व सहश्राब्दी समिट’मा अतिकम विकसित देशहरूको तर्फबाट सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विश्व सहश्राब्दी लक्ष्य २०३० को उद्देश्य हासिल गर्न गम्भीरतापूर्वक सही मार्गमा रहेको बताएका हुन्।

‘सहश्राब्दी विकास लक्ष्य हासिल गर्न नेपालले उच्च प्राथमिकता दिएको छ’, उनले भने,‘यसका लागि नेपालले आफ्ना योजना, नीति तथा कार्यक्रममा सहश्राब्दी लक्ष्यलाई एकीकृत ढंगले अगाडि बढाएको छ।’

उनले सन् २०३० सम्ममा गरिबीको अन्त्य र असमानता हटाउनका लागि दृढ रहेको उल्लेख गर्दै यही लक्ष्यअनुरूप कसैलाई पनि पछाडि नछाड्ने योजनामा प्रतिबद्ध रहेको दाबी गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077