Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • परराष्ट्रमन्त्री साउदको दाबी – प्रवासी नेपालीका समस्या सम्बोधन गर्न पहल भइरहेको छ

    परराष्ट्रमन्त्री साउदको दाबी – प्रवासी नेपालीका समस्या सम्बोधन गर्न पहल भइरहेको छ

    अनलाइन नेपाल
  • सोमबार, १ असोज २०८०
  • 864
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले विदेशमा बस्ने नेपालीलाई विभिन्न प्रकारका सेवा सुविधा प्रदान गर्न दूतावास र नियोगहरूलाई थप सक्रिय बनाउन पहल भइरहेको बताएका छन् ।

    संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन न्युयोर्क पुगेका परराष्ट्रमन्त्री साउदले जनसम्पर्क समिति अमेरिकाको आयोजनामा भएको कार्यक्रममा यस्तो बताएका हुन् ।



    उनले राहदानी, भिसालगायतका सुविधा प्रदान गर्न बाह्य स्रोत (आउट सोर्सिङ) समेत गरिने बताए । नेपालले हासिल गरेको शान्ति प्रक्रियाको तार्किक निष्कर्षको अनुभवलाई विश्वमाझ लैजान प्रयास गरिरहेको उनको भनाई छ ।



    उनले विदेशमा रहेका नेपालीलाई स्वदेशमा फर्किने वातावरणका लागि वर्तमान सरकारले काम गरिरहेको दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार