Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उपराष्ट्रपति यादव भन्छन् - तीजले माइती र चेलीको सम्बन्धलाई प्रगाढ बनाउँछ

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले आधुनिकीकरणको नाममा तीज पर्वलाई भड्किलो बनाउनबाट रोक्नुपर्ने बताएका छन् ।

हरितालिका तीजका अवसरमा आज शुभकामना दिँदै उनले यस्तो बताएका हुन् । उनले नेपाली मौलिकतालाई जीवन्त राख्न संस्कार र संस्कृतिको परिधिभित्रै रहेर मनाउनुपर्ने बताए ।

उनले मौलिक संस्कृतिलाई ओझेलमा पार्ने, आर्थिक भार पर्ने गरी चाडबाड मनाउने विकृतिलाई हटाउँदै यो पर्वको सांस्कृतिक महत्त्वको जगेर्ना सबैले गर्नुपर्ने बताए । उनले हरितालिका तीज हिन्दू महिलाहरुले अत्यन्तै हर्षोल्लास र आनन्दका साथ मनाउने मौलिक र महान पर्व भएको उल्लेख गरे ।

तीजमा विवाह गरेर गइसकेकी छोरीचेलीलाई माइतीबाट बाबु वा दाजुभाइले भेट्ने र सकेसम्म माइती लिएर फर्कने प्रचलनले माइती र चेलीबीचको आपसी सम्बन्धलाई प्रगाढ र बलियो बनाउने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077