Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसंघका महासचिवबीच न्युयोर्कमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसबीच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागी हुन अमेरिका पुगेका प्रधानमन्त्री प्रचण्ड र गुट्रेसबीच न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भेटवार्ता भएको हो ।

प्रधानमन्त्री प्रचण्डले गुटेरससँग भेट भएकोमा खुसी व्यक्त गरे । उनले गुटेरेससँग नेपालको शान्ति प्रक्रिया, शान्ति सेना, जलवायु परिवर्तन, दीगो विकासका लक्ष्यहरू लगायतका विषयमा छलफल भएको जानकारी दिए । नेपाल र संयुक्त राष्ट्रसंघबीचको सहकार्यलाई थप सुदृढ गर्न दुई जना सहमत भएको पनि प्रधानमन्त्री प्रचण्डको भनाई छ ।

महासभामा सहभागी हुन शनिबार साँझ अमेरिका प्रस्थान गरेका प्रधानमन्त्रीको टोली आइतबार न्युयोर्क पुगेको थियो प्रधानमन्त्री प्रचण्डले आगामी बिहीबार महासभालाई सम्बोधन गर्ने छन्। त्यसपछि प्रधानमन्त्री प्रचण्ड अमेरिकाबाटै चीन प्रस्थान गर्ने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077