Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

न्युयोर्क पुगे प्रधानमन्त्री प्रचण्ड, राष्ट्रसंघका स्थायी प्रतिनिधि थापाले गरे स्वागत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका पुगेका छन् ।​ संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन गएका उनी आइतबार साँझ न्युयोर्क पुगेका हुन् ।

उनलाई न्युयोर्कस्थित जोन अफ केनेडी विमानस्थलमा संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधि लोकबहादुर थापाले गरे ।

प्रधानमन्त्री प्रचण्ड भोलिदेखि नै विभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।

राष्ट्रसंघको महासभालाई सम्बोधन गरेर प्रचण्ड असोज ५ गते अमेरिकाबाट चीन प्रस्थान गर्ने कार्यक्रम छ । नेपाली टोलीको प्रतिनिधित्व गर्दै प्रचण्ड शनिवार साँझ अमेरिका प्रस्थान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077