Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एक महिनामै २५ प्रतिशत बढ्यो नेपाल भित्रिने रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामै १ खर्ब १६ अर्ब रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले प्रकाशित गरेको आर्थिक वर्ष २०८०/८१ को तथ्यांकमा पहिलो महिनामा रेमिट्यान्स २५.८ प्रतिशतले बढेको हो ।

गत आर्थिक वर्ष २०७९/८० को साउनमा ९२ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो । साउनमा आएको रेमिट्यान्स अहिलेसम्म कुनै पनि महिनामा भित्रिएको सबैभन्दा बढी रेमिट्यान्स हो ।

साउनमा ८७ करोड ९८ लाख अमेरिकीडलर बराबर रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ । डलरमा भने गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.५ प्रतिशतले रेमिट्यान्स बढेको हो ।

यसअघि २०७९ फागुनमा १ खर्ब ९ अर्ब रेमिट्यान्स आएको थियो । कोभिड–१९ महामारीमा भएको लकडाउनसँगै केही महिना घटेको रेमिट्यान्स पहिलो पटक २०७७ असारमा १ खर्ब नाघेको थियो ।

पछिल्लो ९ महिनादेखि भने लगातार १ खर्बभन्दा बढी रेमिट्यान्स आइरहेको छ । तर, चालु आर्थिक वर्षको पहिलो महिनामा भने वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा कमी आएको छ ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि १९.५ प्रतिशतले घटेको छ । साउनमा वैदेशिक रोजगारीक लागि १६ हजार ४२३ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077