Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस नेता केसीको प्रश्न- चारैतिर भ्रष्टाचार फैलिँदा सरकार के हेरेर बसेको छ ?

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले अहिले समाजमा भ्रष्टाचारले जरो गाड्दै सामाजिक द्वन्द्व फैलिएको बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयको द्वन्द्व, शान्ति र विकास अध्ययन विभागले गरेको अन्तर्क्रियामा बोल्दै नेता केसीले यस्तो बताएका हुन् ।

नेता केसीले भने,‘अहिले दलहरूप्रति वितृष्णा छ, सुशासनको कुरा सरकारले गरे पनि भ्रष्टाचारविहीन समाजमा मात्र सुशासन सम्भव हुन्छ ।अहिले चारैतिर भ्रष्टाचार छ, सुशासन खोइ?’

नेता केसीले भ्रष्टाचारले ग्रस्त समाजमा सुशासनको कायम हुन नसक्ने बताए । उनले सामाजिक द्वन्द्वसमेत फैलिएको भन्दै सरकारले प्रभावकारी काम गर्न नसकेको टिप्पणी गरेका छन्।

उनले अहिले राजनीतिक दलहरुप्रति वितृष्ण बढिरहेको र समाजमा भ्रष्टाचारले जरो गाड्दै सामाजिक द्वन्द्व समेत फैलिएको अवस्थामा सरकारले काम गर्न नसकेको टिप्पणी गरे । केसीले सरकारले समयमा नै ती द्वन्द्व नियन्त्रणका लागि कदम चाल्न समेत आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077