Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रवि लामिछानेले भने - हामी व्यक्ति बनाउन हिँडेका होइनौं,देश परिवर्तन गर्न हिँडेका हौं

गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफुहरु मुलुकमा परिवर्तन गर्न हिँडेको बताएका छन् ।

शनिबार गोरखा सदरमुकाममा भएको सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।

सभापति लामिछानेले देश र जनतालाई धोका दिने अधिकार कसैलाई नभएको बताए। उनले एउटा युग पर्खेर जनताले आफ्नो पार्टीलाई भरोसा गरेको बताए।

सभापति लामिछानेले भने, ‘हामी व्यक्ति र पार्टी बनाउन हिँडेका होइनौं, मुलुकमा परिवर्तन गर्न हिँडेका हौं ।’

नेपाली जनताले रास्वपालाई आशा र भरोसाको पार्टीका रूपमा हेरेको सभापति लामिछानेको भनाइ छ।

देशलाई समृद्ध बनाउने रास्वपाको अभियान रहेको उल्लेख गर्दै सभापति लामिछानेले क्षमतावान व्यक्तिलाई राजनीतिमा लिएर जान चाहेको बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेतालाई तारो बनाएर भ्रम सिर्जना गर्न केही मान्छेहरू लागिपरेको उनको आरोप थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077