Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीले भने - योग्य व्यक्तिलाई कार्यभार सुम्पिएर देश चलाउन सघाउँछु

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अझै २० वर्ष आफू सक्रिय रहने बताएका छन् ।

भक्तपुरमा आयोजित ‘बा सँग बालबालिका’ कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले आफू सक्रिय रहँदा रहँदै योग्य व्यक्तिलाई पार्टीको नेतृत्व सुम्पिएर देश चलाउन जिम्मा दिने घोषणा गरे।

May be an image of 2 people, lighting, dais and text

अध्यक्ष ओलीले भने, 'मेरो अनुपस्थिति अझै २० वर्ष हुँदैन । म पहिले अलि बिरामी थिएँ अहिले ठिक छु । दोस्रोपटक प्रत्यारोपण गरेको किड्नीले राम्रोसँग काम गरिरहेको छ । म २० वर्ष सक्रिय रहन्छु भन्नुको मतलब म नेतृत्व ओगटेर बस्छु भन्ने होइन । आफू सक्रिय रहेकै बेला योग्य व्यक्तिलाई कार्यभार सुम्पिएर देश चलाउन सहयोग गर्छु ।'

May be an image of 2 people and dais

ओलीले आफ्नो पिता अहिले पनि दिनमा दुई तीन किलोमिटर बिना लौरो हिड्ने गरेको भन्दै २० वर्षसम्म आफू सक्रिय रहने बताए । उनले यसबीचमै नेतृत्वमा नयाँ व्यक्तिलाई ल्याएर सहयोग गर्ने समेत बताए ।

May be an image of 8 people and textMay be an image of 8 people, dais and text

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077