Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न अन्तर्राष्ट्रिय समुदायको सहयोग आवश्यक : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संयुक्त राष्ट्रसंघमा नेपालको शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने विषयमा सहयोगको अपिल गरिने बताएका छन् ।

आज बिहान माओवादी नेता पोष्ट बहादुर बोगटीको नवौं स्मृति दिवसका अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा पार्टी अध्यक्षसमेत रहेका प्रचण्डले यस्तो बताएका हुन् ।

उनले शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नाका निम्ति अन्तर्राष्ट्रिय समुदायको सहयोग आवश्यक पर्ने बताए ।

राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन प्रधानमन्त्री आजै साँझ अमेरिका प्रस्थान गर्दै छन् । प्रधानमन्त्री प्रचण्ड अमेरिकाबाट असोज ५ गते सीधै चीन जाने कार्यतालिका छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077