Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

'घुमुवा प्रहरी हौँ'भन्दै धम्क्याएर पैसा उठाउँदै हिँड्ने यादव पक्राउ, अर्का फरार

धनुषा । धनुषामा घुमुवा प्रहरी भन्दै सर्वसाधारणलाई धम्क्याएर पैसा उठाउँदै हिँड्ने एकजना पक्राउ परेका छन् । जिल्लाको कमला नगरपालिका–३ लग्माका ३१ वर्षीय अमरेश कुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

ज १० प ३७०५ नम्बरको मोटरसाइकलमा २ जना सवार भई घुमुवा प्रहरी भन्दै डर धम्की देखाई नगद ४ हजार रुपैयाँ लुटेर भाग्दै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

विदेह नगरपालिका ३ चिकना महिनाथपुरस्थित भित्री सडक खण्डबाट बिहीबार उनलाई पक्राउ गरिएको बताइएको छ ।

मोटरसाइकलमा सवार अर्का युवक भने फरार भएका छन् । फरारको खोजी र पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077