Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दीपक मनाङेद्वारा समाजवादीको केन्द्रीय परिषद सदस्य अस्वीकार

काठमाडौं । नेकपा एकीकृत समाजवादीको कार्यविभाजनप्रति असन्तुष्टि जनाउदै गण्डकी प्रदेशसभा सदस्य राजिव गुरुङ 'दीपक मनाङे'ले केन्द्रीय परिषद सदस्य अस्वीकार गरेका छन्।

प्रदेशसभा सदस्य मनाङेले सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै पार्टीले मनोनित गरेको केन्द्रीय परिषद सदस्य अस्वीकार गरेको जनाएका हुन्। मनाङेलाई एकीकृत समाजवादी पार्टीको सचिवालय बैठकले पार्टीको केन्द्रीय परिषद सदस्यमा मनोनित गरेको थियो।

उनले आफूसँग सल्लाह नगरी आफूलाई परिषद सदस्यमा मनोनित गरिएको भन्दै असन्तुष्टी जनाएका छन्। जनताबाट निर्वाचित सांसद जनताप्रति नै उत्तरदायी हुनुपर्ने भएकाले आफूले पार्टी काममा ध्यान दिन नसक्ने उनको भनाई छ।

भदौ ५ देखि ७ गतेसम्म बसेको छैटौं केन्द्रीय कमिटी र भदौ १७ र १८ गते बसेको ६५ र ६६ औं सचिवालयको बैठकको निर्णय कार्यान्वयनका लागि एकीकृत समाजवादीले अन्तरपार्टी निर्देशन जारी गरेको थियो।

अपानिमा केन्द्रीय कमिटीले कार्यादेश नै नदिएको र सचिवालय बैठकले गर्दै नगरेको निर्णय सर्कुलरका रूपमा पठाइएको भन्दै नेताहरुमा असन्तुष्टि बढेको छ । २०७९ सालको आवधिक चुनावमा स्वतन्त्रबाट निर्विरोध निर्वाचित मनाङे नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077