Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मुम्बई विमानस्थलबाट २ किलो सुन बरामद

एजेन्सी । भारतको मुम्बई विमानस्थलमा १ करोडभन्दा बढी मूल्यको २ किलो सुनको धुलो बरामद भएको भएको छ ।

सिङ्गापुरबाट आएको एक भारतीय परिवारबाट सुनको धुलो बरामद भएको हो।

एक दम्पतीले आफ्ना भित्री वस्त्रमा र उनीहरूको तीन वर्षको बच्चाको डाइपरमा लुकाइएको सुनको धुलो बारमद भएको हो ।

बरामद सुनको धुलो २४ क्यारेटको छ । आज अपरान्ह उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।

यसअघि केरलाको कोचीन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार अधिकारीहरूले सात सय ग्राम सुन मलद्वारमा लेप बनाएर आएका एक यात्रीलाई पक्राउ गरेको थियो । बरामद सुनको मूल्य रु ४० लाख पर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077