Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कश्मिरमा आतंककारी हमला : कर्णेलसहित तीन सैनिक मारिए

एजेन्सी । भारतको कश्मिरमा आतंककारी आक्रमणमा भारतीय सेनाका एक कर्णेलसहित तीन जना सुरक्षाकर्मी मारिएका छन् ।

कम्मिरको अनन्तनाग जिल्लाको कोकरनाग भन्ने स्थानमा बुधबार भएको आक्रमणमा सेनाका एक कर्णेल र एक जना मेजर तथा प्रहरीका एक जना डीएसपी मारिएका हुन ।

मारिनेहरुमा कर्णेल मनप्रित सिंह, मेजर आशषि र जम्मु कश्मिर प्रहरीका डीएसपी हुमायुँ भट्ट रहेका छन् । आतंककारीहरुले उनीहरु चढेको गाडीमा अचनाक हमला गरेपछि भएको गोली हानाहानमा उनीहरु मारिएका छन् ।

लस्कर ए तोइबा नामक मुश्लिम आतंककवादी संगठनले आक्रमणको जिम्मा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077