Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बुधबारका लागि तय गरिएको बैठक प्रतिनिधिसभा सदस्य एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको निधनका कारण स्थगित भएको थियो ।

आज नेम्वाङको अन्त्येष्टि पश्चात् बैठक दिउँसो ३ बजे बस्ने भएको छ । आज बस्ने बैठकमा सभामुख देवराज घिमिरेले नेम्वाङको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

मंगलबार हृदयघातबाट संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका भएपछि बुधबार तय गरिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको थियो । यस्तै राष्ट्रिय सभा बैठक पनि आजै बोलाएको छ।

दिवंगत नेम्वाङको आज अन्तिम संस्कार गरिँदैछ । उनको अन्तिम संस्कारका दिन आज सरकारले सार्वजनिक बिदा समेत दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077