Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डले भने - यूएन महासभामा गरिब राष्ट्रको तर्फबाट नयाँ भिजन दिनेछु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संयुक्त राष्ट्रसंघ (यूएन) को महासभामा आफूले गरिब राष्ट्रको तर्फबाट नयाँ भिजन दिने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित ‘मुलुकको समृद्धिः सम्भावना र चुनौती’ विषयक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपाल अति कम विकसित राष्ट्रको अध्यक्ष राष्ट्र भएको उल्लेख गर्दै त्यसको पक्षमा नयाँ भिजन दिनेगरी यूएन महासभामा प्रस्तुत हुने बताए ।

सरकारले उत्पादन वृद्धि र रोजगारीको अवसर सृजना गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै जनतामा निराशा बाँड्ने काम नगर्न पनि सम्बन्धित पक्षलाई उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077