Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नयाँ विद्यालय खोल्न अनिवार्य शैक्षिक गुठीमा दर्ता गर्नुपर्ने

काठमाडौं । नयाँ खुल्ने विद्यालय अनिवार्य शैक्षिक गुठीमा दर्ता गर्नुपर्ने भएको छ ।

सरकारले नयाँ विद्यालय अनिवार्य शैक्षिक गुठीमा दर्ता गर्नुपर्ने प्रावधानसहित बुधबार शिक्षा ऐन संशोधन विधेयक संसद्‍मा दर्ता गरेको हो ।

संविधान जारी भएको ८ वर्षपछि संघीयताअनुसार शिक्षा प्रणाली लागू गर्न संशोधनसहित विधेयक दर्ता गरिएको छ।

देश संघीयतामा गएको ८ वर्ष वितिसकेपनि शिक्षा ऐन नआउँदा संघीयतामा शैक्षिक प्रणाली कस्तो हुने भन्ने अन्योल थियो ।

तर अहिले कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएर सञ्चालनमा रहेका निजी विद्यालयको हकमा भने गुठीमा जान वा अहिलेकै अवस्थामा सञ्चालन गर्न सकिने प्रावधानमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077