एजेन्सी । भारतको राजस्थानमा ट्रकले बसलाई ठक्कर दिंदा ११ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
गुजरातको भावनगरबाट मथुरा जाँदै गरेको बसलाई ट्रकले राजस्थानको भरतपुर भन्ने स्थानमा ठक्कर दिएको थियो ।
जयपुर आगरा सडक अन्तर्गत नदबई इलाकाको हन्तरा पुलमा बुधबार बिहान बस बिग्रिएर रोकिएको थियो ।
त्यही बेला पछाडिबाट आएको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा ११ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
मृत्यु हुनेमा ६ महिला र ५ जना पुरुष छन् । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार जारी छ ।
Leave a Reply