Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जुवातास खेलिरहेको अवस्थामा तीन लाख ७१ हजारसहित तीनजना पक्राउ

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले काठमाडौंबाट तीन जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१२, भोटेवहालस्थित छाउनी बस्ने दैलेखको भगवतीमाई गाउँपालिका–६ घर भएका ३५ वर्षीय हिक्मत थापाको होटेल रोटोमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले सोमबार राति उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौंको टेकु बस्ने दैलेखको भगवतीमाई गाउँपालिका–६ घर भएका २२ वर्षीय लक्ष्मीराम रोकायासमेत तीनजना रहेका छन् ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद तीन लाख ७१ हजार २०० रूपैयाँ र १६ बुक ताससहित पक्राउ गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077