Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • कुटपिट गरेर २० लाखको चेक र साढे ८ लाखको कागज बनाएको आरोपमा श्रेष्ठ पक्राउ

    कुटपिट गरेर २० लाखको चेक र साढे ८ लाखको कागज बनाएको आरोपमा श्रेष्ठ पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २६ भाद्र २०८०
  • 2.6K
    SHARES

    काठमाडौं । आपराधिक लाभ (एक्सटोर्सन) लिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    धम्की तथा कुटपिट गरेर जबरजस्ती २० लाख रुपियाँको चेक र साढे आठ लाख रुपियाँको कागज गराएको आरोपमा काठमाडौं महानगरपालिका ३२ बस्ने ३३ वर्षीय सुरजकुमार श्रेष्ठलाई काँडाघारीबाट पक्राउ गरिएको हो ।



    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो । उनीसहित केही व्यक्तिहरूले भदौ २० गते काँडाघारीस्थित घरजग्गा कारोबार तथा ड्राइभिङ सेन्टर संचालन गर्ने कार्यालयमा पीडितलाई बन्धक बनाएका थिए ।

    उनले पीडित बोले वा कराएमा ज्यान समेत मार्ने धम्की दिएर २० लाखको चेक र साढे ८ लाख कागज गराएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । यसरी आपराधिक लाभ लिएको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    आपराधिक लाभ लिन नहुने कसुरमा म्याद थपेर अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं‌‌मा पठाएको कार्यालयले जनाएको छ। यसमा संलग्न अन्य व्यक्तिहरू फरार छन् । उनीहरूको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार