Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मोरङमा ८ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

मोरङ । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका ३ आइतबारे बस्ने ४८ वर्षीय साइला भन्ने जितबहादुर तामाङ रहेका छन् ।

उनलाई मंगलवार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तामाङले ती बालिकालाई भदौ १७ गते बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गछियामा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077