Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उपराष्ट्रपति यादव भन्छन् - सूचना प्रविधि क्षेत्रलाई अझै परिष्कृत गर्नुपर्छ

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल सूचना प्रविधिको विकाससँग जोडिसकेकाले अब यो क्षेत्रलाई थप परिष्कृत र सुसंस्कृत बनाई उन्नत प्रविधिहरूको प्रयोग गर्दै अगाडि बढ्नुपर्ने बताएका छन् ।

सोमबार लर्ड बुद्ध एजुकेशन फाउन्डेशनको रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘दुई दशकयता सूचना प्रविधि क्षेत्रमा मुलुकले उल्लेख्य प्रगति हासिल गरे पनि त्यसैमा सन्तोष मानेर हामी बस्नु हुन्न। हामीले यो क्षेत्रलाई थप उचाइमा पुर्‍याउन आवश्यक छ ।’

मुलुकमा सूचना तथा प्रविधि शिक्षामा महत्त्वपूर्ण योगदान गरिरहेकोमा फाउन्डेशनको प्रशंसा गर्दै आगामी दिनमा समेत देशलाई चाहिने जनशक्ति उत्पादनमा यो संस्था थप प्रतिबद्ध भई सक्रिय रहने विश्वास राखेको उपराष्ट्रपति यादवको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077