Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अमेरिका र चीन भ्रमणबारे प्रधानमन्त्री प्रचण्डले गरे कांग्रेस सभापति देउवासँग छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । उनीहरूबीच सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

भेटमा उनीहरूबीच अमेरिका भ्रमण र चीन भ्रमणका एजेण्डाका विषयमा छलफल भएको बताइएको छ । भेटमा परराष्ट्रमन्त्री एनपी साउद पनि सहभागी थिए ।

प्रधानमन्त्री प्रचण्डले आइतबार पूर्वप्रधानमन्त्री, दलका नेता र परराष्ट्र विज्ञसँग एजेण्डाका विषयमा छलफल गरेका थिए ।

प्रधानमन्त्री दाहाल आगामी भदौ ३० गते संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्युयोर्क जाँदैछन् भने त्यहाँबाट उनी सिधै चीन भ्रमणमा जाने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077