Online Nepal
  • मंगलबार, २३ पुष २०८१
  • श्रम गन्तव्य देशका राजदूत र नियोग प्रमुखसँग छलफल गर्दै प्रधानमन्त्री प्रचण्ड

    श्रम गन्तव्य देशका राजदूत र नियोग प्रमुखसँग छलफल गर्दै प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • सोमबार, २५ भाद्र २०८०
  • 822
    SHARES

    काठमाडौं । श्रम गन्तव्य सुरक्षित बनाउने र मानव तस्करी रोक्ने पहलस्वरूप प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ले श्रम गन्तव्य देशका राजदूत र नियोग प्रमुखलाई काठमाडौं बोलाएका छन् ।

    प्रधानमन्त्री दाहालले विदेशस्थित नेपाली दतावास तथा कूटनीतिक नियोगका प्रतिनिधिलाई काठमाडौं बोलाई दुई दिवसीय बैठक आयोजना गर्न लागेका हुन्। बैठकको अध्यक्षता स्वयं प्रधानमन्त्रीले गर्नेछन्।



    बैठक प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा सोमबार बिहान ९ बजे शुरु हुने बताइएको छ । विभिन्न माध्यम र रूपमा भइरहेको मानव तस्करीलाई कसरी रोक्ने र श्रम गन्तव्यलाई कसरी सुरक्षित बनाउने भन्नेमा छलफल केन्द्रित हुनेछ।



    बैठकमा श्रम आप्रवासनका सवाल र कुटनैतिक नियोगको भूमिकाका विषयमा बैठकमा छलफल हुने छ । छलफलमा श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधि पनि सहभागी हुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार