Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चीन भ्रमणबारे प्रधानमन्त्री प्रचण्डले गरे परराष्ट्र विज्ञसँग छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आसन्न चीन भ्रमणका विषयमा पूर्व राजदूत, पूर्व परराष्ट्र सचिव र परराष्ट्र विज्ञसँग छलफल गरेका छन्।

आइतबार अपरान्ह प्रधानमन्त्री प्रचण्डले उनीहरूसँग चीन भ्रमणका विषयमा छलफल गरेका हुन्।

अमेरिका हुँदै चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री दाहालले नेपाललले उठाउनुपर्ने एजेण्डाका विषयमा छलफल गरेका थिए।

प्रधानमन्त्री दाहालले आजमात्रै पूर्वप्रधानमन्त्रीसहित संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरू, नेपाल सरकारका परराष्ट्र मन्त्री, पूर्व परराष्ट्र मन्त्रीहरूसँग छलफल गरेका थिए।

प्रधानमन्त्री दाहाल आगामी भदौ ३० गते संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्युयोर्क जाँदैछन् । प्रधानमन्त्री प्रचण्ड अमेरिकाबाट सिधै चीन भ्रमणमा जाने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077