Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विगतका कुरा कोट्याउनुको सट्टा सबै कम्युनिस्ट एकै ठाउँमा उभिनुपर्ने बेला आयो : प्रधानमन्त्री

हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सबै कम्युनिस्टहरु एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।

आइतबार मकवानपुरको हेटौंडामा आयोजित समाजवादी मोर्चाको कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजवादी गणतन्त्र बनाउन सबै कम्युनिस्टहरु एक ठाउँमा उभिनुपर्ने बताएका हुन् ।

उनले कम्युनिस्टहरु विभाजित मात्रै हुन्छन् भन्ने भाष्य बनाउन खोजिएको भन्दै कम्युनिस्टहरु आवश्यक पर्दा एकजुट भएर साझा समस्याविरुद्ध, साझा दुश्मनका विरुद्ध लड्न त्यत्तिकै सिपालु छन् भन्ने सावित गर्नुपर्ने बताए ।

कम्युनिस्ट आन्दोलनका विगतका कुरा कोट्याउनुको सट्टा सबै कम्युनिस्टहरुका भंगाला एक हुनुपर्ने बेला आएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077