Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सहकारीको अर्बौं हिनामिना गर्ने ग्यालेक्सी टिभीका संचालक राईविरुद्ध पक्राउ पुर्जी

काठमाडौं । सहकारीका बचतकर्ताको १ अर्बभन्दा बढी रकम दुरुपयोग गरेको आरोपमा 'ग्यालेक्सी फोर के' टेलिभिजनका सञ्चालक जीबी राईविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

जीबी समूहको सूर्यदर्शन बचत तथा ऋण सहकारीविरुद्ध् ९ सय ७१ बचतकर्ताहरूले आफ्नो १ अर्ब ८ करोड ११ लाख ८६ हजार ८ सय ३९ रूपैयाँ डुबेको भन्दै उजुरी दिएपछि जीबीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।

बचतकर्ताको करोडौं रकम हिनामिना गरेर सहकारीका सञ्चालक जीबी राई भागेपछि जिल्ला प्रहरी कार्यालय कास्कीले साउन ३२ गते सहकारीका पीडितहरुलाई जाहेरी दिन आह्वान गरेको थियो ।

उनीहरुले उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले जीबी राईविरुद्ध भाद्र २२ गते जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको थियो । बचतकर्ताहरूले जाहेरी दिएको आधारमा प्रहरीले ७ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।

जीबी राईसहित उनको टोलीविरुद्ध पक्राउ पुर्जी जारी भएको कास्की प्रहरी स्रोतले बतायो ।

अहिले सूर्यदर्शन बचत तथा ऋण सहकारीको अध्यक्षमा थानबहादुर बुढा छन् भने कोषाध्यक्षमा जीबीका सहयोगी कुमार रम्तेल छन्। जीबी ग्यालेक्सी टेलिभिजनका सञ्चालक हुन् भने रम्तेलसमेत ग्यालेक्सीमा संलग्न छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077