Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

कोशी सरकारलक्षित शशांक कोइरालाको टिप्पणी - राजनीति राजनीज्ञले गर्ने हो, सर्वोच्चले होइन

रामेछाप नेपाली कांग्रेसका नेता शशांक कोइरालाले कांग्रेस अन्ततोगत्वा एक्लै हिँड्नुपर्ने भएपनि अहिले कोशीमा मिलेर जानुपर्ने अवस्थामा रहेको बताएका छन् ।

आइतबार प्रेस युनियनले रामेछापमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् । नेता कोइरालाले कोशी प्रदेश सरकारमा मिलेर जानुपर्ने बाध्यता रहेको बताए।

नेता कोइरालाले भने, ‘एक आपसमा बसेर छलफल गरेर समाधान निकाल्न नखोजेपछि त्यो नगरेपछि राजनीति आफ्नो हातमा हुँदैन सर्वोच्चको हातमा जान्छ । राजनीति राजनीज्ञले गर्ने हो, सर्वोच्चले गर्ने होइन।’

नेता कोइरालाले राजनीतिक मुद्दालाई अदालतमा लैजानु गलत भएको भन्दै कोशी प्रदेशमा सबै दलहरू मिल्नुको विकल्प नभएको पनि बताए । दलहरूबीच छलफल र संवाद नहुँदा राजनीतिमा पटकपटक सर्वोच्च अदालत बीचमा आउने उनले बताए।

उनले कोशीमा सबै दलहरू मिल्नुको विकल्प नभएको पनि बताए। कोइरालाले पछिल्लो समय कांग्रेसमा देखिएको चरम गुटबन्दी रोक्ने सामार्थ्य आफूमा मात्र भएकोसमेत दाबी गरे । गुट रोक्न नसके कांग्रेस अझै संकटमा पर्ने नेता कोइरालाको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077