काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले यदि अनुसन्धान गर्दै जाँदा प्रचण्ड नै दोषी देखिएमा पनि बयान लिन भन्दै आएको बताएका छन् ।
आज गोरखाको सिरानचोक गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आवश्यक परेमा गिरफ्तार गर्न आफूले भनेको बताएका हुन् ।
उनले जालीझेलीहरूलाई कानूनको दायरामा ल्याउनै पर्ने पनि बताए ।
साथै सरकारले भ्रष्टाचारको हजारौं फाइल खोल्ने तयारी गरिरहेको उनको भनाई छ ।