Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादीले उठाएका मुद्दा र जनताको चाहाना पूरा गर्न अझै बाँकी छ : प्रधानमन्त्री प्रचण्ड

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादीले उठाका मुद्दा र जनताको चाहाना पूरा गर्न अझै बाँकी रहेको बताएका छन् ।

शनिबार गोरखा पुगेका प्रधानमन्त्री प्रचण्डले जनयुद्धका सहिद सुरेश वाग्लेले अध्यापन गराएको जनाता माध्यमिक विद्यालयमा आयोजित सहिद सुरेश वाग्ले (वासु) र भीमसेन पोख्रेलको २४औं स्मृति सभा तथा सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सो यस्तो बताएका हुन् ।

उनले सुरेश वाग्ले ‘वासु’ लगायत हजारौं सहिदहरूको सपना पूरा गर्ने जिम्मेवारी काँधमा रहेको बताए ।

आफू प्रधानमन्त्री बनेपछि सरकारले जनयुद्ध र जनयुद्धका सहिद बेपत्ता र योद्धालाई सम्मान गर्ने वातावरण बनाएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077