काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा साम्प्रदायिक विद्वेष फैलाउने काम भइरहेको बताएका छन् ।
शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले यस्तो बताएका हुन् । उनले मुलुकमा सामाजिक विद्वेष फैलाउने तत्त्व अझै क्रियाशील रहेको बताए ।
जातजात, वडावडा, पालिकापालिका मिलेर बसेको देख्न नसक्नेहरूले मुलुकमा साम्प्रदायिक विद्वेष फैलाउने काम गरिरहेको उनले बताए ।
यस्तै उनले नेपालीका चाडपर्वसँग मेल नखाने गतिविधि हुनु सुखद नभएको बताए ।