Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोशीका तीन मन्त्री र एक राज्यमन्त्रीले पनि लिए सपथ

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पनि पद तथा गोपनियताको सपथ लिएका छन् ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सपथ सकिएलगत्तै प्रदेश प्रमुखको कार्यालयमा मन्त्री र राज्यमन्त्रीलाई पनि सपथग्रहण गराइएको हो ।

मुख्यमन्त्री कार्कीले तिलकुमार मेन्याङ्बोलाई उर्जा, सिँचाई तथा जलस्रोत एवं स्वास्थ्य मन्त्री बनाएका छन् ।

पाँचकर्ण राई वन, वातावरण तथा पर्यटन र उद्योग, भूमिव्यवस्था तथा कृषि मन्त्री बने । एकराज कार्की भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन्। सिर्जना राई सामाजिक विकास राज्यमन्त्री नियुक्त भएकी छन् ।

सर्वोच्च अदालतले बिहीबार उद्धव थापा नेतृत्वको सरकारलाई बर्खास्त गरी कार्कीलाई संविधानको धारा १६८ को उपचार ३ बमोजिम ठूलो संसदीय दलको नेताको हैसियतमा ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077