Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई चिनियाँ राजदूत छन् सोङले भेटेका छन् । प्रधानमन्त्री प्रचण्डलाई भेट्न राजदूत सोङ शुक्रबार साँझ बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री दाहालले चिनियाँ राजदूतले केही दिनअघि दिएको अभिव्यक्तिबारे चासो राखेको स्रोतले बतायो ।

राजदूत सोङले गत शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल र भारतको सम्बन्धमाथि गैरकूटनीतिक अभिव्यक्ति दिएका थिए ।

प्रधानमन्त्री र राजदूतबीच नक्सा प्रकरण र आसन्न चीन भ्रमणको बारेमा छलफल भएको बताइएको छ । नेपाल र भारत मामिलामा गैरकूटनीतिक अभिव्यक्ति दिएपछि राजदूत सोङको चर्को विरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077