Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रको सेवा गर्न सके मात्र राष्ट्रिय समृद्धिको सपना पूरा हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामति सेवा विधेयक छिट्टै संसदमा दर्ता हुने बताएका छन् ।

निजामति सेवा दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले संघीय शासन प्रणाली कार्यान्वयनको अत्यन्त महत्त्वपूर्ण औजारका रूपमा रहेकाले विधेयक चाँडै ल्याउने बताए ।

प्रधानमन्त्री प्रचण्डको शुभकामना सन्देशमा भनिएको छ, ‘संघीय निजामती सेवा ऐन यथाशक्य जारो होस् भन्ने सबैको भावना छ। यसै भावना र मर्मलाई आत्मसात गर्दै सरकारले संघीय निजामती सेवा विधेयक मन्त्रिपरिषदबाट स्वीकृत गरी केही दिनभित्र संसद्‌मा दर्ता गर्ने तयारी गरिरहेको छ ।’

उनले निजामती कर्मचारीहरू आफ्नो कार्यशैलोबाट सुशासनको प्रत्याभूति दिलाउने क्रममा जति क्षमतावान् छन् त्यति नै विश्वसनीयता कायम गर्दै राष्ट्रको सेवा गर्न सके मात्र राष्ट्रिय समृद्धिको सपना पूरा हुने बताए।

त्यसकारण संघीय शासन व्यवस्था अनुसार निजामती प्रशासनमा देखिएका कानूनी संरचनागत तथा कार्यगत समस्या समयमा समाधान गर्दै समयसापेक्ष व्यावहारिक नेतृत्वबाट चुस्तदुरुस्त नतिजामुखी र नागरिकमैत्री बनाउन निरन्तर आवश्यक रहेको प्रधानमन्त्री प्रचण्डले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077