Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त, कार्कीलाई नियुक्त गर्न सर्वोच्चको आदेश

    कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त, कार्कीलाई नियुक्त गर्न सर्वोच्चको आदेश

    अनलाइन नेपाल
  • बिहिबार, २१ भाद्र २०८०
  • 3.1K
    SHARES

    काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पुनः पदमुक्त भएका छन् । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्रीमा ठूलो दलको नेता हिक्मत कार्कीलाई नियुक्त गर्न आदेश दिएको हो।

    सर्वोच्चले मुख्यमन्त्री थापाले पाएको विश्वासको मत बदर गरिदिएको छ । सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले बिहीबार सुनुवाइ गर्दै ४८ घण्टाभित्र सबैभन्दा ठूलो पार्टीका नेतालाई मुख्यमन्त्रीमा नियुक्ति गर्न परमादेश जारी गरेको हो ।



    अब ४८ घण्टाभित्र धारा १६८ उपधारा ३ अनुसार संसदको ठूलो दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्च अदालले आदेश दिएको छ। भदौ ४ गते मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा ज्येष्ठ सदस्यको हैसियतले संसद चलाएका इस्राइल मन्सुरीले पनि विश्वासको मत दिएपछि एमाले सर्वोच्च गएको थियो।



    एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले उत्प्रेषणयुक्त परमादेश अथवा उपयुक्त आदेश माग गरेका छन्। उक्त मुद्दामा सर्वोच्चले भदौ ७ गतेको सुनुवाइ गर्दै कोशी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न आदेश गरेको थियो।

    यसअघि निवर्तमान सभामुख बाबुराम गौतमले थापालाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेपछि सर्वोच्चले मुख्यमन्त्री थापाको नियुक्ति नै बदर गरिदिएको थियो। अब संसद्को सबैभन्दा ठूलो पार्टी नेकपा एमाले संसदीय दलका नेता कार्की कोशी प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार