Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस अहिले सरकारमा छ, केही महिनामा प्रधानमन्त्री बन्छौं : गगन थापा

बागलुङ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केही महिनापछि नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् ।

मंगलबार नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर १ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले सो दाबी गरेका हुन । उनले कांग्रेस अहिले सरकारमा रहेको र केही महिनामा कांग्रेसकै प्रधानमन्त्री हुने बताए ।

उनले २०८० मा सरकारमा भएर २०८४ को चुनावको लागि चिन्ता गर्नु अनुपयुक्त र असान्दर्भिक भएको बताए । उनले हाल सरकारमा नभएकाले २०८४ को चिन्ता गर्ने र चाडो आइदियोस् भनेमा जायज हुने बताए ।

२०८४ लाई नसम्झी काम गर्न महामन्त्री थापाले अनुरोध गरे । २०८४ सालमा सबै पालिका, सबै निर्वाचन क्षेत्र हार्नु परे पनि कांग्रेसले गठबन्धन नगर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077