Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पार्टीमा दाइ–भाउजू प्रवृत्ति हाबी भयो, कांग्रेस उँभो लाग्न सकेन : अर्जुननरसिंह केसी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीमा दाइ–भाउजू प्रवृत्ति हाबी भएको बताएका छन् ।

मंगलबार कांग्रेस चितवन क्षेत्र नं २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै पूर्व मन्त्रीसमेत रहेका नेता केसीले यस्तो बताएका हुन् ।

उनले पार्टीमा दाइ–भाउजू प्रवृत्ति हाबी भएको भन्दै त्यसले पार्टीलाई उँभो लाग्न नदिएको बताए । उनले कार्यकर्ताले सत्यलाई बन्धकी राख्नाले पार्टी क्षयीकरणको बाटोमा गएको तर्फ संकेत गरे ।

पछिल्लो समय नेपालमा नेताहरुको प्रवृत्ति लोकतान्त्रिक नभएको र पार्टी भित्रको प्रवृत्तिले नै कांग्रेस कमजोर भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077