Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले लुम्बिनी प्रदेश अधिवेशन : नयाँ नेतृत्व छान्न मतगणना सुरु

बुटवल । नेकपा एमालेको लुम्बिनी प्रदेश अधिवेशनको मतगणना सुरु भएको छ ।

प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि भएको निर्वाचन अन्तर्गत मतगणना सुरु भएको हो ।

प्रदेश कमिटीको अध्यक्षका लागि वर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरि रिजाल प्रतिस्पर्धामा छन् ।

मंगलबार बिहान पौने ९ देखी सुरु भएको मतदान दिउसो ३ बजे सकिएको थियो ।

कुल एक हजार चार मतदाता मध्ये ९६५ जनाको मत खसेको थियो ।

पदाधिकारी र सदस्य गरी २०५ जनाको प्रदेश कमिटीका लागि ३६४ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077