बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशको अधिवेशनमा नेतृत्व चयनका लागि मतदान सकिएको छ।
शनिबारदेखि जारी अधिवेशनका क्रममा मंगलबार भएको मतदानमा ९६५ मत खसेको हो।
१२ जिल्लाबाट प्रतिनिधित्व गर्ने कुल एक हजार ४ जना मतदाता थिए। निर्वाचनबाट पाँच पदाधिकारीसहित २०५ सदस्यीय प्रदेश कमिटी चयन हुनेछ।
केहीबेरमा मतगणना सुरु गरिने र आजै साँझसम्म मत परिणाम घोषणा गर्ने तयारी रहेको निर्वाचन समितिले जनाएको छ।