Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • भारतीय खेलाडी र प्रशिक्षकले नेपाली खेलाडीलाई मेडल लगाइदिएपछि…

    भारतीय खेलाडी र प्रशिक्षकले नेपाली खेलाडीलाई मेडल लगाइदिएपछि…

    अनलाइन नेपाल
  • मंगलबार, १९ भाद्र २०८०
  • 2.8K
    SHARES

    काठमाडौं । एसिया कप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ । भारतसँग पराजित भए पनि नेपालले भारत विरुद्ध गरेको ब्याटिङको सबैतिर प्रशंसा भइरहेको छ ।

    खेलपछि नेपाली टिमले भारतीय टिमका खेलाडी प्रशिक्षकहरुसँग भेट गरे । जहाँ भारतीय टिमका खेलाडी र प्रशिक्षकले नेपाली टिमलाई मेडल लगाइदिएका छन् ।



    प्रशिक्षक मोन्टी देसाईले नेपालले खेलेको विभिन्न खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई मेडल लगाएर सम्मान गर्ने चलन बसालेका छन्।



    सोही अनुसार भारत विरुद्धको खेलपछि भारतीय प्रशिक्षक र खेलाडीको हातबाट तीन नेपाली खेलाडीलाई मेडल दिइएको हो । भारत विरुद्ध उत्कृष्ट प्रदर्शन गरेका ओपनर ब्याटर आसिफ शेख, अलराउण्डर सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीलाई मेडल दिइएको थियो ।

    भारतका स्टार ब्याटर विराट कोहलीले आसिफलाई मेडल लगाइदिए । यस्तै अलराउण्डर हार्दिकले सोमपाललाई र प्रशिक्षक राहुल द्रविडले दीपेन्द्रलाई मेडल लगाइदिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार