काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेशमा भोलि मात्र मतदान हुने भएको छ । आज मतपत्र छाप्न समय लागेपछि अब भोलि बिहान ८ बजेबाट मतदान हुने भएको हो ।
लुम्बिनी एमालेमा अध्यक्षका लागि हरिप्रसाद रिजाल र राधकृष्ण कँडेलबीच प्रतिष्पर्धा हुँदै छ । एमाले लुम्बिनीमा लक्ष्मण आचार्य सचिवमा निर्विरोध भइसकेका छन् ।
यसअघि आजै साँझ ८ बजेबाट मतदान हुने भनिएको थियो । निर्वाचन समितिले एमाले प्रदेश अधिवेशनमा ५ पदका लागि १४ जनाको उम्मेदवारी परेको जनाएको छ ।
जसमा अध्यक्ष दुई जना,उपाध्यक्ष ४ जनाको उम्मेदवारी परेको छ भने सचिव लक्ष्मण आचार्य निर्वरोध भएका छन्। यस्तै निर्वाचन समितिले उपसचिवमा पुरुष ३ जना र महिला ३ जनाको नाम सार्वजनिक गरेको छ।
यस्तै सदस्यतर्फ पनि धेरे उम्मेदवारी परको निर्वाचन समितिले जनाएको छ।