Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

ओलीको प्रश्न - भारतलाई नेपाल २२९ मा रोक्न सक्ला ?

काठमाडौं । नेपालको ब्याटिङ सकिएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालले लक्ष्यमा पुग्नबाट भारतलाई रोक्न सक्ला भन्दै जिज्ञासा राखेका छन् ।

खेल हेर्दै गरेका पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले नेपालको बलिङ राम्रो भएको र भारतलाई २२९ रनमै रोक्न सक्ला भन्ने जिज्ञासा राखेका हुन् ।

उनले भनेका छन्, ‘के नेपालले भारतलाई २२९ मा रोक्न सक्ला ? हाम्रो बलिङ त पहिलेदेखि नै राम्रो हो क्यार !’ श्रीलंकाको क्यान्डीमा जारी एसिया कपमा भारतविरुद्ध नेपालले २३१ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा अलआउट हुँदै २३० रन बनाएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077