Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमालेको लुम्बिनी प्रदेश सचिवमा आचार्य निर्विरोध

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशको सचिवमा लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भएका छन् ।

सचिवमा उम्मेदवारी दिएका सोमनाथ सापकोटाले उम्मेदवारी फिर्ता लिएसँगै आचार्य निर्विरोध भएका हुन् ।

आचार्यले अध्यक्षका उम्मेदवार राधाकृष्ण कँडेल र हरि रिजालको प्यानलमा राखेका थिए । अब अन्य पदका लागि साँझ ७ बजेबाट मतदान शुरू हुनेछ ।

अहिले मतपत्र छाप्ने काम भइरहेको छ । लुम्बिनीमा बन्ने २०५ सदस्यीय प्रदेश कमिटीका लागि ३६४ जनाको उम्मेदवारी परेको छ ।

अहिले पनि शीर्ष नेताहरू सहमतिका लागि छलफलमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077